Kathmandu Press

उपत्यकामा थपिए कोरोनाका ३१४ संक्रमित

काठमाडौं, पुस २७ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।संक्रमितमध्ये काठमाडौंका २३०, भक्तपुरमा १५ र...
उपत्यकामा थपिए कोरोनाका ३१४ संक्रमित

काठमाडौं, पुस २७ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये काठमाडौंका २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना रहेका छन्। 

त्यस्तै, सोमबार तीन हजार ३०९ जनामा गरिएको परीक्षणमा देशभर ४८८ जनामा संक्रमण पुष्टि भएको छ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ।

त्यस्तै, सोमबार ५२७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसहित नेपालमा कोरोनामmु हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ।

त्यस्तै, देशभर ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, पुस २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्