Kathmandu Press

काभ्रेको भाङ्गेटार जङ्गलमा दुई जना मृत भेटिए

काभ्रे, जेठ ३ :  काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० वाल्टिङस्थित भाङ्गेटारको जङ्गलमा दुई जनाको शव फेला परेको छ।

खानेपानीको धाराम....

काभ्रेको भाङ्गेटार जङ्गलमा दुई जना मृत भेटिए
सांकेतिक

काभ्रे, जेठ ३ :  काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० वाल्टिङस्थित भाङ्गेटारको जङ्गलमा दुई जनाको शव फेला परेको छ।

खानेपानीको धारामा पानी नआएपछि मुहानतर्फ हेर्न गएका रोशी गाउँपालिका–१० वाल्टिङका अन्दाजी ५० वर्षीय सञ्चरसिङ लामा र ४० वर्षीय नरबहादुर लामा शुक्रबार मृत फेला परेका हुन्।

गाउँमा उपभोग गर्दै आएका खानेपानीको धारामा पानी नआएपछि मुहानतर्फ हेर्न भनेर उनीहरु बुधबार घरबाट निस्किएको र बेलुका घर नआएपछि घरपरिवार र गाउँले मिलेर खोज्ने क्रममा तीन दिनपछि जङ्गलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरी जानकारी दिए। उनका अनुसार उनीहरुको शव भेटिएको ठाउँमा एउटा कुकुर पनि मृत अवस्थामा भेटिएको छ।

मृतकको शरीर केही जलेको जस्तो देखिएको र एक जनाको आँखा फुटेको तथा अर्कोको कपडा च्यातिएको अवस्थामा रहेको छ। घटनाबारे छानविनका लागि  प्रहरीको टोली पठाइको र विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:११ बजे, शुक्रबार, जेठ ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्