Kathmandu Press

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावललाई कोरोना सङ्क्रमण

कर्णाली, पुस २७ : कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।आइतबार मन्त्री रावललाई पीसीआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना...
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावललाई कोरोना सङ्क्रमण

कर्णाली, पुस २७ : कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

आइतबार मन्त्री रावललाई पीसीआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले जानकारी दिए।

‘कोरोना पुष्टि भएपछि मन्त्री रावलको स्वास्थ्य अवस्था विशेषज्ञ चिकित्सकबाट जाँच गराइएको थियो,’ उनले भने, ‘चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि मन्त्री रावललाई काठमाडौँ पठाइएको छ।’

प्रकाशित मिति: १४:१२ बजे, सोमबार, पुस २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्