Kathmandu Press

कम्युनिष्टसँग लड्न कांग्रेसभित्र सशक्त एकताको खाँचो छ: देउवा

काठमाडौं, जेठ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुटको अन्त्य नभएसम्म कांग्रेस बलियो हुन नसक्ने बताएका छन्।&....

कम्युनिष्टसँग लड्न कांग्रेसभित्र सशक्त एकताको खाँचो छ: देउवा

काठमाडौं, जेठ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुटको अन्त्य नभएसम्म कांग्रेस बलियो हुन नसक्ने बताएका छन्। 

प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै सभापति देउवाले गुट उपगुट र अन्तरघात मुक्त नभएसम्म कांग्रेस बलियो रुपमा प्रस्तुत हुन नसक्ने बताएका हुन्।

उनले पार्टीभित्र एकले अर्कोलाई हराउने प्रवृत्ति बढेकाले चुनावमा पराजय भोगिएको दाबी गरे। देउवाले अब कम्युनिष्टहरुको दुई तिहाईविरुद्ध लड्न कांग्रेसभित्र सशक्त एकताको खाँचो रहेको बताए।

सभापति देउवाले निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म पार्टी बलियो हुन नसक्ने बताए। उनले आगामी निर्वाचनमा विजयी हुने गरी देशभर लोकतान्त्रिक विचार प्रवाह गर्न समाजलाई आग्रह पनि गरे।
 

प्रकाशित मिति: १५:५६ बजे, शुक्रबार, जेठ ३, २०७६