महिला पर्यटन व्यवसायी मञ्चमा पाण्डे
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाले पार्वती पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचत गरेको छ ।.jpg)
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाले पार्वती पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचत गरेको छ । मञ्चको उपाध्यक्षमा उमा रेग्मी भण्डारी, सचिव ममता न्यौपाने, सहसचिव शर्मिला न्यौपाने, कोषाध्यक्ष लक्ष्मी लामिछाने र सहकोषाध्यक्षमा शारदा भुजेल रहेका छन् ।
यसैगरी सदस्यमा गोमादेवी अधिकारी, मञ्जु सुवेदी, कान्ति अधिकारी, माया सुवेदी, रीता रेग्मी पौडेल, भावना रानाभाट र लालुमाया भण्डारी, मिठुदेवी लामिछने, सुशीला सिग्देल, सुन्ति पुर्जा र सुशीला भण्डारी रहेका छन् ।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष पाण्डेले पोखराको पर्यटन प्रवद्र्धनमा महिला व्यवसायीको भूमिकालाई सशक्त बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रकाशित मिति: १२:४७ बजे, सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











