फेरि आठ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं, पुस २७ : सुनको मूल्य ओरालो लाग्ने क्रम रोकिएको छैन। आज फेरि आठ सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार...
काठमाडौं, पुस २७ : सुनको मूल्य ओरालो लाग्ने क्रम रोकिएको छैन। आज फेरि आठ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार दुई सय पुगेको छ। आइतबार प्रतितोला ९३ हजार तीन सयमा कारोबार भएको थियो।
शुक्रबारको तुलनामा आइतबार दुई हजार तीन सयले घटेको थियो।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार सात सय पुगेको छ। आइतबार प्रतितोला ९२ हजार पाँच सयमा कारोबार भएको थियो।
यसैगरि चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार दुई सय ३० रुपैयाँ पुगेको छ। आइतबार एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: ११:३१ बजे, सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
