Kathmandu Press

पाँचथरमा आगलागी, दुई घर जलेर नष्ट

पाँचथर, पुस २७ : पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार भएको आगलागीबाट दुई घर जलेर नष्ट भएका छन्।कुम्मायक–१ का तेजबहादुर थापाको गोठबाट अचानक आगो सल्किँदा...
पाँचथरमा आगलागी, दुई घर जलेर नष्ट

पाँचथर, पुस २७ : पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार भएको आगलागीबाट दुई घर जलेर नष्ट भएका छन्।

कुम्मायक–१ का तेजबहादुर थापाको गोठबाट अचानक आगो सल्किँदा दुई घर जलेर नष्ट भएका हुन्। आगलागीमा ७० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

आगलागीबाट थापाको ढुङ्गा माटोले बनेको फुसको छानो भएको तीनतले घर, ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुईतले भान्छाघर, चौपाया राख्ने ढुङ्गा माटोले बनेको फुसको छानो भएको एकतले ग्वाली, नगद, सुनचाँदीका गरगहना र अन्नपातसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताए।

यस्तै डिकबहादुर थापाको ढुङ्गा माटोले बनेको फुसको छानो भएको तीनतले घर, चौपाया राख्ने ढुङ्गा माटोले बनेको फुसको छानो भएको एकतले ग्वाली, चौपाया भेडा  एउटा, नगद, सुनचाँदीका गरगहना र अन्नपातसमेत जलेर नष्ट भएको उनले बताए।

स्थानीयवासी र इलाका प्रहरी कार्यालय यासोकबाट गएको टोलीले तीन घन्टापछि आगो निभाएको थियो।

प्रकाशित मिति: ११:०९ बजे, सोमबार, पुस २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्