Kathmandu Press

आज २९९औँ पृथ्वी जयन्ती 

काठमाडौं, पुस २७ : आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरेर मनाईंदैछ।१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण...
आज २९९औँ पृथ्वी जयन्ती 

काठमाडौं, पुस २७ : आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरेर मनाईंदैछ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ।  उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए।

यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ। २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२/०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो। 

प्रकाशित मिति: ०७:५३ बजे, सोमबार, पुस २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्