मिडिया विधेयकविरुद्ध बानेश्वरमा प्रदर्शन
काठमाडौं, जेठ ३ : मिडिया विधेयकविरुद्ध बानेश्वरमा प्रदर्शन गरिएको छ। नेपाल पत्रकार महासंघको अगुवाइमा प्रदर्शन गरिएको हो।
सरकारले संघीय संसद्....

काठमाडौं, जेठ ३ : मिडिया विधेयकविरुद्ध बानेश्वरमा प्रदर्शन गरिएको छ। नेपाल पत्रकार महासंघको अगुवाइमा प्रदर्शन गरिएको हो।
सरकारले संघीय संसद्मा दर्ता गरेको मिडियामा विधेयकमा पत्रकारलाई १० लाखसम्म जरिवाना र कैद सजायको व्यवस्था गरिएको छ। यसको पत्रकार महासंघले विरोध गर्दै आएको छ।
यो विधेयक फिर्ता ल्याउन माग गर्दै सञ्चारकर्मी तथा अधिकारकर्मीले विरोध गर्दै आएका छन्। सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा भने विधेयकका पक्षमा अडिक छन्। कुनै पनि हालतमा विधेयक फिर्ता नहुने बताउँदै आएका छन्।
पत्रकार महासंघले भने विरोधका कार्यक्रम जारी राखेको छ।
प्रकाशित मिति: १३:१२ बजे, शुक्रबार, जेठ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)