‘आगामी निर्वाचनपछि कांग्रेस देशकै ठूलो पार्टी बन्नेछ’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले आगामी निर्वाचनपछि कांग्रेस ठूलो पार्टी बन्ने बताएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले आगामी निर्वाचनपछि कांग्रेस ठूलो पार्टी बन्ने बताएका छन् । तनहुँको भानु नगरपालिका–६ स्थित कटहरेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसमा जनताको आकर्षण बढेकाले ठूलो पार्टी बनाउन अहिलेदेखि नै तयारी थाल्नुपर्ने बेला आएको बताएका हुन् ।
भण्डारीले कांग्रेसमा पनि कमी कमजोरी रहेकाले त्यसलाई सुधार्दै अगाडि बढ्नुको विकल्प नभएको बताए । कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले पार्टीलाई एक ढिक्का बनाउँदै बलियो बनाउन कार्यकर्ताले खबरदारी गरिरहनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: १७:०९ बजे, आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











