Kathmandu Press

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं, पुस २६ : कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमणको कारण देशभर थप ५ जनाको मृत्यु भएको हो। 

योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक हजार ९१७ पुगेको छ। 

त्यस्तै, आइतबार देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यीसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५१३ जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४२२ रहेको छ। 

प्रकाशित मिति: १६:५४ बजे, आइतबार, पुस २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्