Kathmandu Press

उपत्यकामा थपिए कोरोनाका १२६ जना नयाँ संक्रमित

काठमाडौं, पुस २६ : काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये काठमाडौंका ९९, भक्तपुरको ९ र ललितपुरका...
उपत्यकामा थपिए कोरोनाका १२६ जना नयाँ संक्रमित

काठमाडौं, पुस २६ : काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

संक्रमित मध्ये काठमाडौंका ९९, भक्तपुरको ९ र ललितपुरका १८ जना रहेका छन्। 

त्यस्तै, देशभर आइतबार २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

३ हजार ३९९ जनामा गरिएको परीक्षणमा आइतबार देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

यीसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५१३ जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४२२ रहेको छ। 

प्रकाशित मिति: १६:४८ बजे, आइतबार, पुस २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्