थप २५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, पुस २६ : नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ३९९ जनामा गरिएको परीक्षणमा आइतबार देशभर २५९ जनामा कोरोना...
काठमाडौं, पुस २६ : नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
३ हजार ३९९ जनामा गरिएको परीक्षणमा आइतबार देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
यीसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ५१३ जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ।
त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४२२ रहेको छ।
प्रकाशित मिति: १६:४१ बजे, आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











