Kathmandu Press

सुन चाँदीले देश विकास मात्र होइन, माया पनि बढाउछ : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ ३ : सुन चाँदीले देशको विकास मात्रै नभएर माया पनि बढाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

आज नेपाल अन्तर्राष्ट्रिय जे....

सुन चाँदीले देश विकास मात्र होइन, माया पनि बढाउछ : प्रधानमन्त्री ओली
काठमाडौं प्रेस

काठमाडौं, जेठ ३ : सुन चाँदीले देशको विकास मात्रै नभएर माया पनि बढाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

आज नेपाल अन्तर्राष्ट्रिय जेम एन्ड ज्वलरी एक्सपोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षको बजेटमा सुन चाँदीको खानी उत्खनन गर्नका लागि बजेट विनियोजन गरिने बताए।

उनले सुन चाँदीको महत्वमाथि चर्चा गरे। ‘सुन चाँदी मान्छेसँग अभिन्न रुपले जोडिएको छ। एक अर्कालाई उपचार दिइन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सुन चाँदीले देश विकास मात्र होइन, माया पनि बढाउछ।’

नेपाल सम्भावना बोकेको देश भएको उनको भनाइ थियो। त्रिशूलीमा अहिले पनि सुन चाल्ने काम भइरहेको उनले बताए। अहिले हसियाँ, कोदालो मात्रै बनाउने काम भइरहेको उनको जिकिर थियो।

अब सुन चाँदी खानी उत्खनन गर्नु पर्ने बताउँदै यसमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: १२:४५ बजे, शुक्रबार, जेठ ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्