Kathmandu Press

कुटपिट गरिएका सैनिक जवानको मृत्यु, गाउँमा भागाभाग

सिरहा : चोरीको आरोपमा सर्वसाधारणले कुटपिट गरेर सख्त घाइते भएका सैनिक जवानको मृत्यु भएको छ। पक्राउ पर्ने डरले स्थानीय बासिन्दाको भागाभाग भएको छ।

....
कुटपिट गरिएका सैनिक जवानको मृत्यु, गाउँमा भागाभाग

सिरहा : चोरीको आरोपमा सर्वसाधारणले कुटपिट गरेर सख्त घाइते भएका सैनिक जवानको मृत्यु भएको छ। पक्राउ पर्ने डरले स्थानीय बासिन्दाको भागाभाग भएको छ।

बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको आरोपमा स्थानीय बासिन्दाले बरियारपट्टी गाउँपालिका–४ सोहपुरका २२ वर्षीय अनिसकुमार सिंहलाई कुटपिट गरेको थियो। कुटपिटबाट सख्त घाइते अनिलको काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी नेपाली सेनाको सङ्खुवासभाको खाँदबारीस्थित गणमा कार्यरत थिए। उनी बिदामा घर आएका थिए। प्रहरीका अनुसार, उनलाई गत वैशाख २ड गते स्थानीय बासिन्दाले बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका थिए।

उनको बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए।

घटनालगत्तै तेनुवापट्टी गाउँका अधिकांश पुरुष गाउँ छाडेर भागेका छन्। गाउँमा महिला मात्रै रहेको र पुरुष नभेटिएकाले कसैलाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:३३ बजे, शुक्रबार, जेठ ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्