Kathmandu Press

ओलीतन्त्रविरुद्ध प्रतिरोध संघर्षमा उत्रन पूर्वप्रधानमन्त्री भट्टराईको आग्रह

काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओलीतन्त्रलाई नवफासीवादको संज्ञा दिँदै प्रतिनिधिसभा विघटनविरुद्ध उत्रनु आग्रह गरेका छन् । भट्टराईले अलमल गरेर बस्दा प्रतिनिधिसभाको मृत्यु नै हुने...
ओलीतन्त्रविरुद्ध प्रतिरोध संघर्षमा उत्रन पूर्वप्रधानमन्त्री भट्टराईको आग्रह

काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओलीतन्त्रलाई नवफासीवादको संज्ञा दिँदै प्रतिनिधिसभा विघटनविरुद्ध उत्रनु आग्रह गरेका छन् । भट्टराईले अलमल गरेर बस्दा प्रतिनिधिसभाको मृत्यु नै हुने भएकाले सबै राजनीतिक दल, बौद्धिक जगत्, सञ्चार क्षेत्र र आम नागरिकलाई प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा उत्रन आग्रह गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्,  ‘ओलीतन्त्र नवफासीवाद हो भन्ने कुरामा कसैले कुनै भ्रम राख्न जरुरी छैन। त्यसलाई रोक्न उत्तिकै सुविचारित, प्रतिरणनीति र प्रतियोजना चाहिन्छ । त्यो प्रतिरणनीति भनेको कुनै किन्तु परन्तु नगरी सबै राजनीतिक दल, बौद्धिक जगत्, सञ्चार क्षेत्र र आम नागरिक प्रतिरोध संघर्षमा उत्रनु हो । अलमल मृत्यु हो ।’

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस, नेकपा दाहाल–नेपाल समूहलगायतले देशव्यापी रुपमा सडक संघर्ष सुरु गरेका छन्  भने केही दलले वैशाखमा तोकिएको निर्वाचनको स्वागत गरेका छन् ।

 

प्रकाशित मिति: १२:१९ बजे, आइतबार, पुस २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्