पत्रकारलाई एक करोडसम्म जरिवाना गर्ने व्यवस्था हटाइने
काठमाडौं, जेठ ३ : पत्रकारलाई एक करोडसम्म जरिवाना गर्ने व्यवस्था गरिएको विधेयक प्रदेश २ सरकारले हटाउने भएको छ।
आज प्रदेश २ का आन्तरिक मामिला ....
काठमाडौं, जेठ ३ : पत्रकारलाई एक करोडसम्म जरिवाना गर्ने व्यवस्था गरिएको विधेयक प्रदेश २ सरकारले हटाउने भएको छ।
आज प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रेस विज्ञप्ती जारी गर्दै प्राविधिक त्रुटीबस ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना गर्ने वाक्य परेको जनाएका छन्। उनले विज्ञप्तीमा भनेका छन, ‘सञ्चारसम्बन्धी विधेयकमा सञ्चारकर्मीहरूले सम्प्रभुताविरुद्ध समाचार लेखेमा ५० लाखदेखि १ करोडसम्म जरिवाना गर्ने भन्ने वाक्यांश र अन्य केही शव्दावली प्राविधिक त्रुटिवस पर्न गएकाले यसलाई सञ्चारकर्मीहरूको थप परामर्शबाट संशोधन र परिमार्जन गरिने प्रतिवद्धता व्यक्त गर्दछु।’
प्रदेश २ सरकारले संसद्मा दर्ता गरेको सञ्चारसम्बन्धी विधेयकमा पत्रकारलाई जरिवाना गर्ने व्यवस्था गरिएको छ। जसमा ५० लाखदेखि एक करोडसम्म जरिवानाको व्यवस्था गरिएको छ।
यस्तै पत्रकारलाई जरिवाना र कैद सजाय गर्ने विधेयक संघीय संसद्मा पनि दर्ता भएको छ। संघीय सरकार भने त्यसमा अडिग छ। सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले विधेयक संशोधन नगरिने बताउँदै आएका छन्।











