Kathmandu Press

पशुपतिनाथ मन्दिरमा आज दिनभर पूजापाठ नहुने

पशुपतिनाथ मन्दिरमा आज दिनभर पूजापाठ नहुने

काठमाडौं, पुस २६ : पशुपतिनाथ मन्दिरमा आज दिनभर पूजापाठ नहुने भएको छ। आज मन्दिर बन्द रहने जनाएका छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार शनिबार धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आज दिनभर मन्दिर बन्द रहने भएको हो।धनुर्मास पर्वमा रातभरि पूजा गरेपछि भोलिपल्ट मन्दिर बन्द गर्नुपर्ने प्रचलन रहेको छ।

पशुपतिनाथलाई चिसोबाट जोगाउन धनुर्मास पूजा गर्ने परम्परा रहेको छ। त्यहि अनुसार शनिबार राति मूल मन्दिरमा धनुर्मास पूजा गरिएको हो।

अब सोमबार बिहान ६ बजे मात्रै मन्दिर खुल्ने कोषले जनाएको छ। भत्तजनाका लागि पशुपतिनाथ मन्दिर बिहान साढे ५ देखि दिउँसो १ बजेसम्म खुला रहने गरेको छ।

 

प्रकाशित मिति: ११:४७ बजे, आइतबार, पुस २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्