Kathmandu Press

डडेल्धुरामा ट्रक दुर्घटना, एकको मृत्यु, एक घाइते

डडेल्धुरा, पुस २६ : आज बिहान डडेल्धुरामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।धनगढीबाट अछामतर्फ गइरहेको...
डडेल्धुरामा ट्रक दुर्घटना, एकको मृत्यु, एक घाइते

डडेल्धुरा, पुस २६ : आज बिहान डडेल्धुरामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख ३८१७ नम्बरको ट्रक आज बिहान ३ बजे अमरगढी नगरपालिका–११ सल्लाघारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा ट्रक चालक कैलालीको गेटाका ३५ वर्षीय ओमप्रकाश पन्तको मृत्यु भएको छ।

त्यस्तै, दुर्घटनामा बाजुराको बडीमालिका नगरपालिका–५ का १८ वर्षीय मदन साउँद घाइते भएका छन्। घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

चालक निदाएकोले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:०८ बजे, आइतबार, पुस २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्