२३ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं, पुस २६ : गत साता सामान्य घटबढ भएको सुनको मूल्य आज भने दुई हजार तीन सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका...
काठमाडौं, पुस २६ : गत साता सामान्य घटबढ भएको सुनको मूल्य आज भने दुई हजार तीन सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा झरेको छ। शुक्रबार प्रतितोला ९५ हजार तीन सयमा कारोबार भएको थियो।
त्यस्तै, तेजाबी सुन पनि प्रतितोला ९२ हजार पाँच सयमा झरेको छ। शुक्रबार ९४ हजार आठ सयमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि एक सय रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार दुई सय ३० रुपैयाँ पुगेको छ। शुक्रबार एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: ११:०१ बजे, आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
