मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु
दमक, पुस २६ : पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गएराति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति ८ः३० बजे...
दमक, पुस २६ : पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गएराति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति ८ः३० बजे झापाको दमकवाट पूर्वतर्फ मोटरसाइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका–११ का ३८ वर्षीय छविरमण ढकालको मृत्यु भएको हो। झिलझिले निवासी उनी लाइभकियर फर्मास्युटिकलका प्रबन्धक हुन्।
शिवसताक्षी–१ स्थित धरमपुरमा पर्ने कमलखोला सडकखण्डमा उनी सवार मोटरसाइकल दुर्घटना भएको हो। मे ३ प ९८९६ नम्बरको मोटरसाइकलमा सवार ढकाल आफँै अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
यसैगरी शनिबार साँझ जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ स्थित धाइजन चोकमा मे १ च ५३९६ नम्बरको पिकअप भ्यानलाई विपरीत दिशाबाट आउँदै गरेको मे २ प ६९८४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकलमा सवार अर्जुनधाराका ५० वर्षीय छत्रबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।











