Kathmandu Press

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

काठमाडौं, पुस २५ : कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार कोरोना संक्रमणको कारण देशभर थप ३...
कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

काठमाडौं, पुस २५ : कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार कोरोना संक्रमणको कारण देशभर थप ३ जनाको मृत्यु भएको हो। 

योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक हजार ९१२ पुगेको छ। 

त्यस्तै, शनिबार  देशभर ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित देशभर कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ।

साथै शनिबार ६९९ जना कोरोनामुक्त भएसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ।

प्रकाशित मिति: १६:३६ बजे, शनिबार, पुस २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्