थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, पुस २५ : नेपालमा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ हजार २८६ जनामा गरिएको परीक्षणमा शनिबार देशभर ३६२ जनामा कोरोना संक्रमण...
काठमाडौं, पुस २५ : नेपालमा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
४ हजार २८६ जनामा गरिएको परीक्षणमा शनिबार देशभर ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
यीसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ६९९ जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ।
प्रकाशित मिति: १६:३५ बजे, शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











