Kathmandu Press

तीन दिनमा ६५ आरोही पुगे सगरमाथाकाे चुचुराेमा

काठमाडौं, जेठ ३ : सर्वोच्च शिखर सगरमाथाको तीन दिनमा ६५ जनाले आरोहण गरेका छन्। आज पनि केही आरोही सगरमाथा चुचुरोमा पुग्ने प्रतिक्षामा छन्।

यो ....

तीन दिनमा ६५ आरोही पुगे सगरमाथाकाे चुचुराेमा
एजेन्सी

काठमाडौं, जेठ ३ : सर्वोच्च शिखर सगरमाथाको तीन दिनमा ६५ जनाले आरोहण गरेका छन्। आज पनि केही आरोही सगरमाथा चुचुरोमा पुग्ने प्रतिक्षामा छन्।

यो सिजनको पहिलो टोली गत वैशाख ३१ गते सगरमाथाको चुचुरोमा पुगेको थियो। त्यसयता तीन दिनमा ६५ आरोहीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ।

पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार, हिजो मात्रै २८ आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। यो सिजनको पहिलो दिन वैशाख ३१ मा आठ जना गाइड सगरमाथाको चुचुरोमा पुगेका थिए।

हिलारी स्टेपमा आराेही।

यो सिजनको पहिलो आरोहण सिद्धिबहादुर तामाङ, पस्द्वा शेर्पा, दाबा नोर्बु शेर्पा, पासाङ दाबा शेर्पा, मिंग्मा दोर्जे शेर्पा, आङ फुर्बा शेर्पा र शङ्बु भोटे लामाले गरेका थिए। उनीहरू वैशाख ३१ दिउसो १ः४५ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए।

यो वर्ष सरगमाथा आरोहणका लागि ४१ समूहले अनुमति लिएको पर्यटन विभागले जनाएको छ। त्यसमा तीन सय ७८ आरोही रहेका छन्। उनीहरू आरोहणका लागि मौसम सुध्रिने समय पर्खेर बसेका छन्।

यो सिजनमा सरगमाथाभन्दा अघि मकालुको आरोहण गरिएको छ। वैशाख ३१ मै बिहान ८ः४५ बजे सानु शेर्पा, नीमा शेर्पा, छाङ्बा शेर्पा, मु दोर्ची शेर्पा र लाक्पा शेर्पाले आठ हजार चार सय ६३ मिटर अग्लो मकालुको आरोहण गरेका हुन्। हिजोसम्म ३२ आरोहीले मकालुको सफल आरोहण गरेका छन्।

विभागका अनुसार, अहिलेसम्म पाँच समूहका १२ आरोहीले ल्होत्सेको सफल आरोहण गरेका छन्।

त्यस्तै, कञ्चनजंघामा ४३ आरोही पुगेका छन। ल्होत्से आरोहणका लागि ६ समूहले अनुमति लिएका छन्। जसमा ६६ आरोही रहेका छन्।

यतिबेला सगरमाथा आधारशिविर भरिभराउ छ। आधारशिविरमा करिब चार सय क्याम्प रहेका छन्।

 

प्रकाशित मिति: १०:३६ बजे, शुक्रबार, जेठ ३, २०७६