Kathmandu Press

निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेका युवालाई रिहा गर्न देउवाको माग

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण प्रदर्शन गर्दा पक्राउ परेका व्यक्तिलाई तत्काल  रिहा गर्न माग गरेका छन् । देउवाले आज दिउँसो धनगढीमा...
निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेका युवालाई रिहा गर्न देउवाको माग

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण प्रदर्शन गर्दा पक्राउ परेका व्यक्तिलाई तत्काल  रिहा गर्न माग गरेका छन् । देउवाले आज दिउँसो धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय माग्दा पक्राउ परेका युवालाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

देउवाले लेखेका छन्, ‘धनगढीमा निर्मला पन्तको बलात्कारी खै लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई पक्राउ गर्ने कार्य एकदम निन्दनीय छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढी भ्रमणका क्रममा  युवाहरूले  ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर प्रदर्शन गरेका थिए । प्रहरी प्रशासनले त्यस्ता प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: १९:०० बजे, शुक्रबार, पुस २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्