पार्टीलाई एकढिक्का बनाएर लैजानुको विकल्प छैन: पौडेल
दमाैली, जेठ २ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र सुधारको खाँचो रहेको बताएका छन्।
राष्ट्रिय जागरण अभियानको ....

दमाैली, जेठ २ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र सुधारको खाँचो रहेको बताएका छन्।
राष्ट्रिय जागरण अभियानको क्रममा कांग्रेस क्षेत्र नम्बर १ तनहुँले बिहीबार बन्दीपुरको डुम्रेमा आयोजना गरेको क्षेत्रीय भेलामा वरिष्ठ नेता पौडेलले पार्टीकै नेताहरुको कार्यशैली सुध्रन नसके पार्टी बलियो हुन नसक्ने बताए।
महासमिति बैठकबाट पारित भएको समावेशी विधान उल्ट्याउन सभापति नै लागेको आरोप लगाउँदै पाैडेलले उक्त निर्णयमा आफ्नो असहमति रहेको बताए। पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने अहिलेको प्रमुख आवश्यकता भए पनि पार्टीकै नेताहरुको गतिविधिका कारण त्यस्तो हुन नसकेको उनको भनाइ थियो।
पार्टीमा अनुशासन र मर्यादाको आवश्यकतामाथि जोड दिँदै वरिष्ठ नेता पौडेलले नेताले कार्यकर्ताको र कार्यकर्ताले नेताको मूल्याङ्कन गर्नुपर्ने बताए। वर्तमान सरकार लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रमा लागेको उनले आरोप लगाए।











