Kathmandu Press

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं,  पुस २४ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु...
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं,  पुस २४ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १९०९ पुगेको छ। 

यस्तै, शुक्रबार नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९  पुगेको छ भने अहिलेसम्म २ लाख ५७ हजार २२९ जना संक्रमणमुक्त भएका छन्।

यस्तै,  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १९०९ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ५८५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, पुस २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्