Kathmandu Press

कोरोना संक्रमणको कारण पोखरामा थप एकको मृत्यु

काठमाडौं, पुस २४ : कोरोना संक्रमणको कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका १२ की ६२ वर्षीया महिलाको बिहीबार राति...
कोरोना संक्रमणको कारण पोखरामा थप एकको मृत्यु

काठमाडौं, पुस २४ : कोरोना संक्रमणको कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका १२ की ६२ वर्षीया महिलाको बिहीबार राति मृत्यु भएको हो।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो। 

मधुमेहकी बिरामी रहेकी महिलामा पुस २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: १४:१६ बजे, शुक्रबार, पुस २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्