Kathmandu Press

५० जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको सिजियाचुवाङ सहरमा लकडाउन

५० जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको सिजियाचुवाङ सहरमा लकडाउन

काठमाडौं, पुस २४ : चीनको सिजियाचुवाङ सहरमा बुधबार ५० जनामा कोरोना संक्रमण पुष्टि भएपछि लकडाउन गरिएको छ। करिब १ करोड ३ लाख ९० हजार जनसंख्या रहेको सहरमा लकडाउन गरिएको हो।

सिजियाचुवाङमा जम्मा ८३ वटा सक्रिय केस रहेको चिनियाँ सञ्‍चार माध्यमले जनाएका छन्। संक्रमण पु्ष्टि भएसँगै सहरका सबै विद्यालय बन्द गरिएका छन् भने त्यहाँका नागरिकलाई सहर छाड्न प्रतिबन्ध लगाइएको छ। 

चीनमा ५ महिनापछि यो संख्यामा कोरोना संक्रमण पुष्टि भएको पहिलो पटक हो। चीनले पछिल्ला केही महिनादेखि कतै संक्रमण देखिए तत्काल लकडाउन गर्ने र सबैको परीक्षण गरिरहेको छ।

चीनमा हालसम्म ९६ हजार ४ सय ८४ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै कोरोना संक्रमणका कारण चीनमा ४ हजार ७ सय ८८ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १३:५७ बजे, शुक्रबार, पुस २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्