आज कति पुग्यो सुनको मूल्य?
काठमाडौं, पुस २४ : आजको सुनको मूल्यमा सामान्य गिरावट आएको छ। शुक्रबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
काठमाडौं, पुस २४ : आजको सुनको मूल्यमा सामान्य गिरावट आएको छ। शुक्रबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय पुगेको छ। बिहीबार प्रतितोला ९५ हजार चार सयमा कारोबार भएको थियो।
त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार आठ सयमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि यहि मूल्यमा कारोबार भएको थियो।
प्रकाशित मिति: १२:०६ बजे, शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
