Kathmandu Press

कर्णालीमा लगानी सम्मेलन वैशाखमा

सुर्खेत, पुस २४ : कर्णाली प्रदेशमा प्रदेशस्तरीय लगानी सम्मेलन गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले तयारी थालेको छ। बिहीबार वीरेन्द्रनगरमा बसेको प्रदेश योजना...
कर्णालीमा लगानी सम्मेलन वैशाखमा

सुर्खेत, पुस २४ : कर्णाली प्रदेशमा प्रदेशस्तरीय लगानी सम्मेलन गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले तयारी थालेको छ। बिहीबार वीरेन्द्रनगरमा बसेको प्रदेश योजना आयोगको ७८औं बैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो।

आगामी वैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलनको आयोजना गरिने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले बताए। कर्णालीमा लगानीमैत्री वातावरण सिर्जना गर्न र विकास साझेदार संस्थाहरुको आकर्षण बढाउन प्रदेशस्तरीय लगानी सम्मेलन आयोजना गर्न लागिएको उनको भनाइ छ।

परियोजना बैंकको काम सकिएपछि लगानी सम्मेलन आयोजना हुने भएकाले कर्णालीमा सम्मेलन आयोजना गर्न योजना आयोगले तयारी शुरु गरेको खड्काले बताए।

बैठकले कर्णाली प्रदेश विकास परिषद्को बैठकको संयोजन गर्न प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकाया तथा कर्णाली प्रदेशस्तरीय लगानी सम्मेलनका लागि संयोजन गर्न प्रदेश योजना आयोगका सदस्य योगेन्द्रबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै बैठकले कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजना (आव २०७६/७७–२०८०/८१)को विस्तृतीकरणको संलग्न दस्तावेज आयोगबाट कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्मा स्वीकृतिका लागि सिफारिस गर्ने, आयोगको कार्यसम्पादनलाई थप प्रभावकारी एवं नतीजामुखी बनाउन तर्जुमा भएको वार्षिक कार्ययोजना स्वीकृत गरी कार्यान्वयन मालिने निर्णय गरेको खड्काले बताए। सबैभन्दा बढी कर्णालीमा विकास साझेदारलाई आकर्षण गराउन तथा कर्णालीलाई समृद्ध बनाउन लगानीकर्तालाई आकर्षित गर्ने र त्यसका लागि लगानी सम्मेलन आयोजना गरिने उनको भनाइ छ।

त्यस्तै, कर्णाली प्रदेश विकास परिषद्को बैठक चैतमा आयोजना गरिने भएको छ। कर्णाली प्रदेश विकास परिषद् बैठकमा एकरुपता लिनका लागि पञ्चवर्षीय योजनाको जानकारी गराइने प्रदेश योजना आयोगका सदस्य डा. रोकायाले बताए।

उनका अनुसार विकास परिषद् बैठकमा स्थानीय तहको आवाधिक योजना निमार्णको लागि सहजीकरण, प्रदेश महत्वको आयोजनाको अध्यावधि गर्न छलफल गरिनेछ। त्यस्तै बैठकमा प्रदेश समसामयिक विकाससम्बन्धी समस्याको समाधानका लागि छलफल गर्ने, प्रदेश र स्थानीय तहबीच साझेदारी गर्ने लगायतका विषयमा छलफल हुने रोकायाले बताए।

 

प्रकाशित मिति: ११:५४ बजे, शुक्रबार, पुस २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्