Kathmandu Press

ट्रक दुर्घटनामा एक युवकको मृत्यु

इलाम, पुस २४ : इलामको माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु गएको छ।दुर्घटनामा ट्रकमा सवार पाँचथरको मिक्लाजुङ गाउँपालिका–४...
ट्रक दुर्घटनामा एक युवकको मृत्यु

इलाम, पुस २४ : इलामको माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु गएको छ।

दुर्घटनामा ट्रकमा सवार पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय किरण राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको उपचारका लागि झापातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

ना ३ ख २०५ नम्बरको गोलिया बोकेको ट्रक पाँचथरको रविबाट दमक झापातर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो। ट्रक अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ।

ट्रक चालक ताप्लेजुङको मेले गाउँपालिका–१ का २० वर्षीय प्रमोद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय, दमकले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १०:३४ बजे, शुक्रबार, पुस २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्