रुपन्देहीमा जिपले मोटरसाइलकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु
बुटवल, पुस २३ : रुपन्देहीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।बिहीबार भैरहवाबाट परासीतर्फ...बुटवल, पुस २३ : रुपन्देहीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।
बिहीबार भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेका दुई वटा मोटरसाइकललाई रोहिणी गाउँपालिकामा ठक्कर दिएको हो।
जिपको ठक्करबाट स्याङ्जा गल्याङ नगरपालिका खरीपानीका ३० वर्षीय गणेश अधिकारी र रुपन्देहीको देवदह नगरपालिका कदमीपुरका २३ वर्षीय असिम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए।
उनका अनुसार अधिकारी लु ३७ प ६७९८ नम्बरको र चौधरी लु २१ प ७८११ नम्बरको मोटरसाइकलमा सवार थिए। दुर्घटनामा नवलपरासीको सुनवलका २८ वर्षीय विमल गैरे र देवदह कदमपुरकी २५ वर्षीया रमिता चौधरी घाइते भएका छन्।
प्रकाशित मिति: १८:३६ बजे, बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











