पृथ्वीजयन्तीमा नाट्य प्रतिष्ठानको ‘हाम्रो निधि, हाम्रो संस्कृति’ कार्यक्रम
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पृथ्वीजयन्ती मनाउने भएको छ । प्रतिष्ठानले पुस २७ गते २९९औं पृथ्वीजयन्तीका अवसरमा राष्ट्रभाषाका गीतको प्रस्तुति ‘हाम्रो निधि, हाम्रो संस्कृति’ नामक कार्यक्रम आयोजना गर्न लागेको छ ।

कार्यक्रममा नेपाली, लिम्बू, भोजपुरी, गुरुङ, तामाङ, नेपालभाषालगायत राष्ट्रभाषाका गीत प्रस्तुत हुने प्रतिष्ठानका सूचना अधिकारी ध्रुव वाग्लेले जनाए । कार्यक्रमले विविधतामा आधारित नेपाली समाजलाई एकताबद्ध गर्न सहयोग पु¥याउने प्रतिष्ठानले जनाएको छ ।
प्रकाशित मिति: १६:४८ बजे, बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार