Kathmandu Press

नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या १९०३ पुग्यो

काठमाडौं,  पुस २३ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु...
नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या १९०३ पुग्यो
फाइल तस्वीर।

काठमाडौं,  पुस २३ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १९०३ पुगेको छ। 

यस्तै, बिहीबार नेपालमा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ भने अहिलेसम्म २ लाख ५६ हजार ६४४ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ४८३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: १६:२१ बजे, बिहीबार, पुस २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्