Kathmandu Press

‘प्रतिनिधिसभा विघटन चित्तबुझ्दो छैन’

काठमाडौं, पुस २३ : राष्ट्रियसभामा सदस्यले प्रतिनिधिसभा विघटन जनमतको कदर नभएको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद उदया शर्माले प्रतिनिधिसभा विघटन...
‘प्रतिनिधिसभा विघटन चित्तबुझ्दो छैन’

काठमाडौं, पुस २३ : राष्ट्रियसभामा सदस्यले प्रतिनिधिसभा विघटन जनमतको कदर नभएको बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद उदया शर्माले प्रतिनिधिसभा विघटन चित्तबुझ्दो नभएको बताउँदै सरकारलाई उक्त कदम फिर्ता लिन आग्रह गरिन्।

सांसद कोमल वलीले संयुक्त राज्य अमेरिकाको संसद् भवनमा भएको हमलाप्रति दुःख व्यक्त गर्दै यसले विश्वकै प्रजातन्त्रमाथिको खतरा उत्पन्न भएको धारणा व्यक्त गरिन्। सांसद जीवन बुढाले गत भदौमा कालीकोटमा बाढी र पहिरामा एक हजार १०० परिवार विस्थापन भएको र हालसम्म पनि पुनःस्थापना हुन नसक्दा जाडोमा खुला आकाशमुनि बस्न बाध्य हुनुपरेको प्रति सरकारको ध्यानाकर्षण गराइन्। 
 
सांसद तारादेवी भट्टले उखु किसानले आफ्नो उत्पादनको मूल्य पाउन पनि सधैँ आन्दोलन गर्नुपर्ने समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै यसप्रति सरकारलाई जवाफदेही हुन आग्रह गरिन्।

प्रकाशित मिति: १४:१८ बजे, बिहीबार, पुस २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्