Kathmandu Press

पार्टीमा वैचारिक एकता आवश्यक : मुख्यमन्त्री गुरुङ

गलकोट, जेठ २ : गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टी एकतापछि वैचारिक एकताको खाँचो र....

पार्टीमा वैचारिक एकता आवश्यक : मुख्यमन्त्री गुरुङ

गलकोट, जेठ २ : गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टी एकतापछि वैचारिक एकताको खाँचो रहेको बताएका छनज्। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर कमिटी बागलुङले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने,“तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बीचमा भएको एकताले मुलुकमा समृद्धि ल्याउनका लागि ठूलो योगदान पुर्‍याउने छ।” पार्टी इञ्चार्ज गुरुङले गलकोट क्षेत्रका विकासका लागि आफूले सक्दो पहल गर्ने बताउँदै गलकोट बजारलाई स्मार्ट सिटीका रुपमा विकास गर्न आजैबाट सकारात्मक कदम चाल्नुपर्ने बताए।

मुलुकमा उपलब्ध स्रोत, साधन र संस्कृतिलाई आर्थिक रुपान्तरणका लागि सदुपयोग गर्नुपर्ने बताउँदै उनले गरीबी न्यूनीकरणका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए। मुख्यमन्त्री गुरुङले कम्युनिष्टले समृद्धिका लागि ठूलो योगदान गर्न आवश्यक रहेको भन्दै आम पार्टी कार्यकर्तालाई समृद्धिका पक्षमा स्थानीयस्तरबाटै पहल गर्नुपर्ने बताए। 

प्रकाशित मिति: १६:०८ बजे, बिहीबार, जेठ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्