Kathmandu Press

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, पुस २३ : स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला एक हजार ३०० रुपैयाँले ओरालो लागेको छ। पछिल्ला केही दिनमा लगातार उकालो...
तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, पुस २३ : स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला एक हजार ३०० रुपैयाँले ओरालो लागेको छ। पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ। यो बुधबारका तुलनामा एक हजार ३०० रुपैयाँले कम हो। छापावाला सुन बुधबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोवार भएको थियो। 

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। सोही सुन बुधबार तोलामा ९६ हजार २०० रुपैयाँमा कारोवार भएको थियो। तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै एक हजार ३०० रुपैयाँले घटेको छ। यस्तै चाँदी भने तोलामा १० रुपैयाँले मात्रै ओरालो लागेको छ। प्रतितोला एक हजार ३४० रुपैयाँमा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० मूल्य निर्धारण भएको छ।

प्रकाशित मिति: ११:५१ बजे, बिहीबार, पुस २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्