Kathmandu Press

भारत लग्दै गरेका तीन किशोरीको उद्धार

इलाम, पुस २३ : भारत लगिरहेका तीन किशोरीको उद्धार गरिएको छ। पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र...
भारत लग्दै गरेका तीन किशोरीको उद्धार

इलाम, पुस २३ : भारत लगिरहेका तीन किशोरीको उद्धार गरिएको छ। पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो।

सङ्खुवासभा मकालु गाउँपालिकाका १६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा टोलीले सोधपुछ गरेको थियो।  उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका होम खतिवडाले बताए।  

सङ्खुवासभा घर भई हाल काठमाडौँ बस्दै आएकी लाचेन शेर्पाले उनीहरुलाई काठमाडौँमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता राजधानी लगेकी थिइन्। त्यसपछि भारततिर लग्न लागेको अनुसन्धानका क्रममा खुलेको जनाएको छ।

लाचेनले भारतस्थित दार्जिलिङमा काम खोजिदिएको र महिनाको नौ हजार तलब हुने जनाउँदै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनीकै साथमा दार्जिलिङ पठाएको सोधपुछको क्रममा खुलेको ढकालको भनाइ छ।  उद्धार गरिएका तीनैजना किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको जनाइएको छ।

पछिल्लो समय इलामको सीमावर्ती नाकाबाट मानव वेचविखन हुने क्रम बढ्दै गएको छ। सीमा क्षेत्रमा रहेका दर्जनौं चोर बाटोको प्रयोग गरेर मानवतस्करले विशेष गरेर किशोरीलाई जागिरको प्रलोभन देखाएर लैजाने क्रम बढ्दै गएको हो।

गत मंसिरमा मात्र चोर बाटोको प्रयोग गरेर मानव तस्करले दोलखा र मकवानपुरका दशजना किशोरीलाई भारततर्फ लैजाने क्रममा संयुक्त टोलीले उद्धार गरेको थियो। उद्धार गरिएकामा ६ बालक र चार बालिका रहेका थिए। (रासस)

प्रकाशित मिति: ११:२२ बजे, बिहीबार, पुस २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्