कञ्चनजंघा हिमाल आरोहणका क्रममा दुई भारतीयको मृत्यु, एक वेपत्ता
काठमाडौं, जेठ २ : कञ्चनजंघा हिमाल आरोहणका क्रममा दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ। अर्का एक जना वेपत्ता भएका छन्।

काठमाडौं, जेठ २ : कञ्चनजंघा हिमाल आरोहणका क्रममा दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ। अर्का एक जना वेपत्ता भएका छन्।
बिहीबार बिहान आरोहणका क्रममा भारतका कुन्तल करार र विप्लव वैद्यको मृत्यु भएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए। उनीहरु पीक प्रोमोसनबाट हिमाल आरोहणमा गएका थिए। चुचुरोमा पुगेर फर्कदै गर्दा वैद्यको थकाइका कारण चौथौ शिविरभन्दा माथिको क्षेत्रमा ढलेपछि मृत्यु भएको बताइएको छ।
आरोहण दलका सदस्यका अनुसार झण्डै आठ हजार उचाइमा पुगेपछि करारलाई लेक लागेको थियो। शेर्पाहरूले उद्धारको प्रयास गर्दागर्दै दुबैको मृत्यु भएको बताइएको छ।अर्का आरोही रोडियो फ्रान्सो भिरानो भने सम्पर्कविहीन भएका छन्। अहिले सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा शव तल ल्याउने प्रयास भइरहेको छ ।
नेपाल र भारतको सीमामा अवस्थित ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघाको शिखरमा बुधबार १० नेपालीसमेत ३६ जना पुगेको पर्यटन विभागले जनाएको छ।











