Kathmandu Press

चिसोले धारामा बरफ जम्यो, खानेपानीको समस्या

सिमकोट, पुस २३ : चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका क्षेत्रमा धारामा बरफ जमेको छ। जसले गर्दा हिल्सामा खटिएका सशस्त्र...
चिसोले धारामा बरफ जम्यो, खानेपानीको समस्या

सिमकोट, पुस २३ : चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका क्षेत्रमा धारामा बरफ जमेको छ। जसले गर्दा हिल्सामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या भएको छ।

आइतबारदेखि लगातार भएको हिमपातले अत्यधिक चिसो भएर तापक्रम माइनसमा झरेका कारण खानेपानीका धारा बरफ जमेर पानी नआउने हुँदा पानीको अभाव देखिएको हो। चिसो अत्यधिक भएकाले घरबाहिर निस्कन गाह्रो हुने, पानीका धारामा बरफ जमेर तातो पानी हाले पनि नआउने गरेको हिल्सा बिओपीका इञ्चार्ज सुरज केसीले बताए।

घाम नलाग्दा खानेपानीका धारामा पानी जमेर खानेपानीको समस्या भएको केसीले बताए। 'कर्णाली नदी टाढा छ, पानी लिन जाँदा चिसो अत्यधिक छ, घरबाहिर निस्कनसमेत गाह्रो छ र पानीका धारामा बरफ जम्ने भएकाले पानीको बढीको समस्या निम्तिएको छ,' उनले भने। ६ महिनाका लागि रासन र दाउराको जोहो यसअघि नै गरेकाले यसको समस्या नभएको उनले बताए।

प्रकाशित मिति: १०:४२ बजे, बिहीबार, पुस २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्