विद्युतीय गाडीलाई प्राथमिकतामा राख्न आग्रह
काठमाडौं, जेठ २ : विद्युतीय गाडीलाई प्राथमिकतामा राख्न विभिन्न संस्थाले आग्रह गरेका छन्।
बिहीबार नेपाल वातावरण पत्रकार समूह, स्वच्छ उर्जा ने....

काठमाडौं, जेठ २ : विद्युतीय गाडीलाई प्राथमिकतामा राख्न विभिन्न संस्थाले आग्रह गरेका छन्।
बिहीबार नेपाल वातावरण पत्रकार समूह, स्वच्छ उर्जा नेपाल र नेपाल विद्युतीय परिवहन संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी विद्युतीय गाडीलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका हुन्।
संसारका थुप्रै मुलुक डिजेल र प्रेट्रोलका गाडीलाई विस्थापित गरेर विद्युतिय गाडीप्रति आकर्षित भएको उल्लेख गर्दै नेपाल विद्युतीय परिवहन संघका अध्यक्ष उमेशराज श्रेष्ठले नेपालले पनि विद्युतीय गाडीलाई प्राथमिकामा राख्नुपर्ने बताए। ‘स्पष्ट भिजन र कार्यनीति हुने हो भने अबको केही समयमै नेपालमा विद्युतीय बस काठमाडौँलगायत अन्य जिल्लामा सञ्चालन गर्न सकिन्छ,’ उनले भने।
अहिले साधारण डिजेल बसको तुलनामा विद्युतीय बस करिब पाँच गुणा महँगो हुने गरेको छ। सञ्चालन खर्च कम हुने भएता पनि सुरुआति लागत एकदमै धेरै भएकाले बिजुली बस भित्रिन नसकेको उनीहरूको भनाइ छ। त्यसैले विद्युतीय बसलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने ति संस्थाहरूको जोड छ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमणको रुपमा मनाउने योजना बनाइरहेको बेला नेपालमा दिनप्रतिदिन बढिरहेको वायु प्रदूर्षणले नकारात्मक असर पार्ने जनाएको छ।त्यसलाई मध्यनजर गरेर भएपनि सरकारले आगामी वर्षको बजेटमा विद्युतीय बस खरिद गर्न रकम विनियोजन गर्नु पर्ने उनीहरूले जनाएका छन्।











