Kathmandu Press

पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नुपर्छ : मन्त्री भट्ट

धनगढी, पुस २२ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नमा एकजुट हुन नेकपाका नेता कार्यकर्तालाई आग्रह गरेका...
पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नुपर्छ : मन्त्री भट्ट
लेखराज भट्ट।

धनगढी, पुस २२ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नमा एकजुट हुन नेकपाका नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

धनगढीमा बुधबार आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै प्रदेश संयोजकसमेत रहेका मन्त्री भट्टले अब आफूहरु जनताको विश्वास जित्ने युद्धमा लागेको बताए। उनले भने, “अब जनताको विश्वास हार्ने छुट कसैलाई छैन।” 
   
बैठकले नेकपा दाहाल– नेपाल पक्षका सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलसहितका पदाधिकारीले पार्टीको आचरणविरुद्ध काम गरेको भन्दै उनीहरुलाई पदबाट हटाउन सिफारिस गर्नेलगायत निर्णय गरेको छ। 

प्रकाशित मिति: १९:५३ बजे, बुधबार, पुस २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्