ललितपुरमा मैथिली खानाको प्रदर्शनी
काठमाडौं, पुस २२ : कला, साहित्य र संगीतमा निकै धनी मिथिला क्षेत्रको मौलिक खानापान प्रवर्द्धन गर्ने उद्देश्यले विविध मैथिली परिकारहरुको ललितपुरमा प्रदर्शनी गरिएको...
काठमाडौं, पुस २२ : कला, साहित्य र संगीतमा निकै धनी मिथिला क्षेत्रको मौलिक खानापान प्रवर्द्धन गर्ने उद्देश्यले विविध मैथिली परिकारहरुको ललितपुरमा प्रदर्शनी गरिएको छ।
मिथिला क्षेत्रमा अतिथि सत्कारमा पस्किइने मड्का चियादेखि बिदाईमा डेजर्टका रुपमा खुवाइने पानसम्मका परिकारलाई ललितपुर सातदोबाटोस्थित आइएचएम कलेजमा सेफले पस्किएका छन्।
नेपाली मौलिक खानापानको प्रवर्द्धनमा काम गर्दै आएको आइ एम विथ सेफ, आइएचएम कलेज र हस्पिटालिटी गाइड्सको संयुक्त आयोजनामा विज्ञ सेफ पशुपति पौडेल, महेश साह, सतिस महतो र विकास डंगोललगायतको टिमले मिथिलाको मौलिकता झल्कने गरी मड्का चिया, बगिया, तरुवा, बथुवाको सागको सुप, मिथिला थाली सेट, आँपको अचार, आलु चोखा, लगायतका परिकार पस्किएका थिए।
सेफ एसोसिएसन अफ नेपाल क्यानका संस्थापक अध्यक्ष पुष्प थापा मगर, मिथिला संस्कृतिविद् धिरेन्द्र प्रेमर्सी, कलाकार अजित शाह, आर एण्ड डि सेफ सन्दिप खत्री, आइएचएम कलेजका सीईओ सुराच प्रसाईले भिथिलाको मौलिकता र पहिचानसँग जोडिएको खानाको प्रदर्शनीले समग्र नेपाली खानाको बजारीकरणमा प्रोत्साहन पुग्नेमा जोड दिएका थिए।
खानामाथिको समीक्षा कार्यक्रममा कलाकार अजित साह, सेफ पशुपति पौडेल, सेफ महेश साह, पत्रकार तथा गायिका रुपा झा, पत्रकार अमरेन्द्र यादव लगायतले धारणा राखेका थिए।










-1754206481.jpg)
