Kathmandu Press

सप्तरीमा सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

राजविराज, पुस २२ : सप्तरीको रुपनी चौकमा सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  बुधबार दिउँसो  बा १ ग...
सप्तरीमा सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

राजविराज, पुस २२ : सप्तरीको रुपनी चौकमा सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  

बुधबार दिउँसो  बा १ ग १९८१ नम्बरको नेपाली सेनाको वानटनले स ५ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए। 

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदलीबदली गर्नका लागि सूर्य दल गण विराटनगरबाट भैरवदल गण ललितपुरका लागि ३२ जनासहितको टोली लिएर हिँडेको  मोटरसाइकल चालक चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक साहले बताए। 

सेनाको गाडी चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३७ वर्षीय मनिषराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १६:०१ बजे, बुधबार, पुस २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्