Kathmandu Press

सञ्चारमाध्यमलाई जिम्मेवार हुन प्रेस काउन्सिलको आग्रह

काठमाडौं, पुस २२ : प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक...
सञ्चारमाध्यमलाई जिम्मेवार हुन प्रेस काउन्सिलको आग्रह

काठमाडौं, पुस २२ : प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपिल गरेको छ। 

काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक शिष्टाचार, सामाजिक सद्भाव, व्यक्तिको आत्मासम्मानको ख्याल गरी आफ्नो कर्तव्य निर्वाहका क्रममा थप सभ्य र शिष्ट हुन आग्रह गरेको हो।

‘समसामयिक राजनीतिक परिस्थिति एवं अहिलेको संवेदनशील घडीमा राजनीतिक दल÷नेताबाट एकआपसमा लक्षित गर्दै कुनै बैठक तथा सभामा बोल्ने क्रममा प्रयोग भएको भनिएका भनाइ, भाषा, शब्द, सडकमा लागेका उच्शृृङ्खल र अमर्यादित नारासमेतमा आधारित भई सम्मानित संस्था, व्यक्ति र नागरिकको मर्यादामासमेत आँच पुग्ने गरी मूलशीर्षक बनाइ, तोडमरोड गरी नकारात्मकतालाई मद्दत पु¥याउने किसिमबाट सञ्चार माध्यमबाट प्रचारप्रसार भइरहेको देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

काउन्सिलले ती गतिविधि पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) विपरीत भएको पनि जनाएको छ। तथ्यभन्दा टाढा रही कसैलाई लाभ वा हानी पु¥याउने नियत राखी, कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी, कसैको आत्मसम्मानमा ठेस् पु¥याउने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमबाट अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने कार्य आचारसंहिता प्रतिकूल हुने काउन्सिलको भनाइ छ। 

विज्ञप्तिमा भनिएको छ, ‘काउन्सिलले सामाजिक सद्भावमा खलल पु¥याउने गरी सामग्री सम्प्रेषण गर्नु–गराउनु पत्रकार आचारसंहिता प्रतिकूल हुने हुँदा तथ्यगत पुष्टिसहित मर्यादित, सन्तुलित सामग्री सम्प्रेषण गर्नु जिम्मेवार पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य र जिम्मेवारी हो, यसबाट नै प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्न मद्दत पुग्दछ।’

प्रकाशित मिति: १५:०२ बजे, बुधबार, पुस २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्