Kathmandu Press

कामपा र मेलम्चीबीच भगिनी सम्बन्ध

काठमाडौं, पुस २२ : काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। कामपाका प्रमुख विद्यासुन्दर शाक्य र नगरपालिकाका प्रमुख डम्बर अर्यालले...
कामपा र मेलम्चीबीच भगिनी सम्बन्ध

काठमाडौं, पुस २२ : काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। कामपाका प्रमुख विद्यासुन्दर शाक्य र नगरपालिकाका प्रमुख डम्बर अर्यालले समझदारीपत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध शुरुआत गरेका हुन्। कामपाले यसअघि मुलुकका रामग्राम र चन्दननाथ नगरपालिका तथा चीन, जापान, बेलारुस, म्यान्मा, दक्षिण र प्रजग कोरिया, भारतका गरी १२ शहर तथा मेलम्चीले इटालीको रोभरिटो नगरपालिकासँग भगिनी सम्बन्ध राखिसकेका छन्।
 
सो समझदारीसँगै कामपाले निर्माणाधीन मेलम्ची नगरोद्यान निर्माणका लागि सहयोग गर्ने भएको  । यसका लागि समेत दुई नगरबीच सम्झौता भएको छ। उद्यान मेलम्ची – १० मा निर्माण हुनेछ। इन्द्रावती नदीको किनारमा बन्ने उक्त उद्यानमा पानीको फोहरा, हेलिप्याड, बालबालिकाका लागि खेलकूद मैदानलगायत हुनेछ। उद्यानको डिजाइन मेलम्ची आफैँले गर्नुपर्नेछ। त्यसका लागि प्राविधिक सहयोग मागे कामपाले उपलब्ध गराउनेछ।

आर्थिक वर्ष २०७७।०७८ मा निर्माण शुरु गरेर २०७८। ०७९ मा पूरा गर्नुपर्नेछ। उद्यान निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ कामपाले सहयोग गर्नेछ भने बाँकी नगरपालिका आफैंँले ब्यहोर्ने छ। कार्यक्रमलाई सम्बोधन गर्दै कामपा प्रमुख शाक्यले मुलुकभित्रकै स्थानीय तहबीच भगिनी सम्बन्ध स्थापना गर्ने कार्य कामपाले गरिरहेको र यसबाट पर्यटनका लागि थप सहयोग पुग्ने बताए। मेलम्चीका प्रमुख अर्यालले मेलम्ची गाउँ नै गाउँले भरिएकाले विस्तारै शहरी विकास गर्न लागिएको जानकारी दिए। 

प्रकाशित मिति: १४:१३ बजे, बुधबार, पुस २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्