Kathmandu Press

बालाजुमा कैँची प्रहार गरी युवकको हत्या, एक पक्राउ

काठमाडौं, पुस २२ : काठमाडौंको बालाजु बाइपासमा कैँची प्रहार गरी एक युवकको हत्या भएको छ। मंगलबार राति कैँची प्रहारबाट भारतको मोतिहारी घर भएका...
बालाजुमा कैँची प्रहार गरी युवकको हत्या, एक पक्राउ

काठमाडौं, पुस २२ : काठमाडौंको बालाजु बाइपासमा कैँची प्रहार गरी एक युवकको हत्या भएको छ। मंगलबार राति कैँची प्रहारबाट भारतको मोतिहारी घर भएका २५ वर्षीय कलाम मियाँ गम्भीर घाइते भएका थिए। उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको थियो।

हत्याको आरोपमा प्रहरीले भारतको मोतिहारी घर भएका २५ वर्षीय सुवोध मियाँलाई पक्राउ गरेको छ।

लाममाथि कैँची प्रहार गरेपछि टाटा सुमो रिजर्भ गरेर भाग्दै गरेको अवस्थामा सुवोधलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सुवोधमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:२६ बजे, बुधबार, पुस २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्