आज फेरि बढ्यो सुनको मूल्य
काठमाडौं, पुस २२ : सुनको मूल्य आज फेरि बढेको छ। मंगलबार एक हजार तीन सय बढेको सुनको मूल्य आज फेरि तीन सय रुपैयाँले...
काठमाडौं, पुस २२ : सुनको मूल्य आज फेरि बढेको छ। मंगलबार एक हजार तीन सय बढेको सुनको मूल्य आज फेरि तीन सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९६ हजार सात सय पुगेको छ। मंगलबार प्रतितोला ८ं९६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, तेजाबी सुन पनि प्रतितोला ९६ हजार दुई सय पुगेको छ। मंगलबार प्रतितोला ९५ हजार नौ सयमा कारोबार भएको थियो।
चाँदी पनि पाँच रुपैयाँले उकालो लागेको छ। आज चाँदी प्रतितोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: १२:४६ बजे, बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
