Kathmandu Press

जाजरकोटमा खानेपानी मन्त्री थापालाई कालो झण्डा

काठमाडौं, पुस २२ : नवनियुक्त खोनपानी मन्त्री मणि थापालाई जाजरकोटमा कालो झण्डा देखाइएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड माधव समूहका विद्यार्थी समूहले...
जाजरकोटमा खानेपानी मन्त्री थापालाई कालो झण्डा

काठमाडौं, पुस २२ : नवनियुक्त खोनपानी मन्त्री मणि थापालाई जाजरकोटमा कालो झण्डा देखाइएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड माधव समूहका विद्यार्थी समूहले कालो झण्डा देखाएका हुन्।

मन्त्री थापा ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका थिए।

जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका ४ बोहरामा अखिलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन्। 

प्रचण्ड(माधव समूह छोडेका थापा ओली समूहका स्थायी कमिटी सदस्य हुन्।

प्रकाशित मिति: १२:०५ बजे, बुधबार, पुस २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्